लामोसाँघु–जिरी सडकखण्डमा भीषण दुर्घटना : मोटरसाइकल चालकको जलेर मृत्यु

sc mahendra

काठमाडौं, – सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डमा एक दर्दनाक दुर्घटना भएको छ। सडकखण्डको ८ किलो नजिकै मालबाहक ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार एक युवकको जलेर मृत्यु भएको छ।
दोलखाबाट काठमाडौं जाँदै गरेको ०३–००२ ख ०५३४ नम्बरको मालबाहक ट्रकले विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकलमा आगलागी भएको थियो, जसका कारण सिन्धुपाल्चोकका लिसंखुपाखर–७, डाँडापाखर निवासी २७ वर्षीय दावाछिरिङ तामाङको घटनास्थलमै जलेर मृत्यु भएको हो।

प्रत्यक्षदर्शीका अनुसार, ठक्करपछि मोटरसाइकलको पेट्रोलले आगो सल्किएको थियो। आगो यति तीव्र थियो कि स्थानीयले पानी खन्याएर निभाउने प्रयास गरे पनि असफल भए।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटनाले लामोसाँघु–जिरी सडकखण्डमा ट्राफिक सुरक्षाका विषयमा प्रश्न खडा गरेको छ।
घटना पछि सवारी चालकलाई सुरक्षित रूपमा सवारी चलाउन र ट्राफिक नियमको पालना गर्न प्रहरीले आग्रह गरेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.