जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

sc mahendra

सुनसरी : जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एकजना बृद्धको मृत्यु भएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका– ८ का ७१ वर्षीय हरि प्रसाद घिमिरेको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

छावा (बच्चा)सहित आएको जङ्गली हात्तीले गएराती घिमिरेलाई आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार जङ्गली हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घिमिरेको मृत्यु भएको हो।

 

You might also like
Leave A Reply

Your email address will not be published.