डडेल्धुरामा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, माघ ६ – डडेल्धुरामा जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना आरोपित पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवदुर्गा गाउँपालिका–३ का ६३ वर्षीय नरबहादुर खाती रहेका छन्।

Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार खातीलाई सोमबार उनकै घरबाट पक्राउ गरिएको हो। जिल्ला अदालत डडेल्धुराले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ६० हजार रुपैयाँ जरिवाना तोकेको थियो। तर, अदालतको आदेशपछि उनी फरार रहेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रहरीले लामो समयदेखि खोजी गरिरहेका खातीलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको जनाएको छ। पक्राउपछि कानुनी प्रक्रिया पूरा गरी उनलाई अदालतमा पेश गरिनेछ।

प्रहरीले यस्ता मुद्दामा फरार रहेका अन्य व्यक्तिहरूलाई पनि खोजी कार्य जारी राख्ने जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.