समाजवादी प्रेस संगठन डडेल्धुराको दोस्रो जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा भण्डारी सर्वसम्मत 

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : समाजवादी प्रेस संगठन डडेल्धुराको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिबेशनले अध्यक्षमा शेर बहादुर  भण्डारीलाई  सर्वसम्मत चयन गरेको छ । अधिबेशनबाट  उपाध्यक्षमा टिकाराम साउद र समाबेशी उपाध्यक्षमा भरत चुनारा निर्वाचित भएका छन । तेसै गरि सचिवमा भक्त बहादुर गाहा र सहसचिवमा निर्मला विश्वकर्मा, र पार्वती बोहरा चयन भएका छन भने कोषाध्यक्षमा टिकेश्वरी थापामगर सर्वसम्मत चयन भएका छन

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सदस्यहरूमा विमलप्रसाद बोहरा, ललिता रावल, कमला शाही, मनिष बिसी, गोमति बोहरा, पुजा भण्डारी, सुनिता पार्की, भावना थापा मगर, लक्ष्मी भट्ट, मेनुका साउद, अमृत बोहरा, माधवी जोशी सर्वसम्मत चयन भएका छन ।

Dadeldhura Hospital

कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै नव निर्वाचित अध्यक्ष शेरबहादुर भण्डारीले प्रेस स्वतन्त्रताको रक्षा गर्दै संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाउनुभएको छ।

हिजो उद्घाटन भएको कार्यक्रम आज बन्दसत्र पछि समापन भएको हो ।

 संगठनका कार्यबाहक अध्यक्ष टिकाराम साउदको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा समाजबादी प्रेस संगठन नेपाल सुदूर पश्चिम प्रदेशका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मत बहादुर सिंह उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा विशेष अतिथिको रूपमा एकीकृत समाजवादी पार्टीका जिल्ला इन्चार्ज नरबहादुर बिष्ट, केन्द्रीय सदस्य सकुन्तला नगरकोटी, समाजबादी प्रेस संगठनका केन्द्रीय सल्लाहकार समिति सदस्य उत्तर बिष्ट,एकीकृत समाजवादी पार्टीकासुदूरपश्चिम प्रदेश सदस्य प्रेम साउद लगायतका नेताहरूले सहभागिता रहेको थियो ।

त्यसैगरी, प्रेस क्षेत्रका व्यक्तित्वहरूमध्ये प्रेस युनियन डडेल्धुराका अध्यक्ष योगेन्द्र रावल, प्रेस सेन्टर नेपाल डडेल्धुराका अध्यक्ष भिमबहादुर खत्री, र पत्रकार महासंघ डडेल्धुराका उपाध्यक्ष ललित बोहरा लगायत उपस्थित रहेको थियो।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.