आलिताल गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष कप भलिबल र क्रिकेट प्रतियोगिता हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा –  आलिताल गाउँपालिकाले पहिलो पटक गाउँपालिका स्तरिय अध्यक्ष/उपाध्यक्ष कप भलिबल (पुरुष/महिला) र क्रिकेट (पुरुष) प्रतियोगिता आयोजना गर्ने भएको छ।

आर्थिक वर्ष २०८१/२०८२ अन्तर्गतको कार्यक्रम अन्तर्गत, गाउँपालिकाले खेलकुदको माध्यमबाट स्थानीय खेलाडीहरूको क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगिता मिति २०८१ माघ २३ देखि माघ २६ गतेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पालिकाले सूचना जारी गर्दै प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूलाई आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ। साथै, टिम दर्ता शुल्क र पुरस्कार राशी अर्को सूचना मार्फत जानकारी गराइने जनाएको छ।

Dadeldhura Hospital

यस्ता छन् प्रतियोगितामा सहभागी हुन सक्ने नियमहरू :

प्रतियोगितामा सम्बन्धित वडाका खेलाडीहरू मात्र आफ्नै वडाको टिमबाट खेल्न पाउनेछन्।

खेलाडीहरूले टिम दर्ता गर्दा स्थायी बसोवास खुल्ने प्रमाणपत्र (जस्तै, नागरिकता, बसाइँसराइ प्रमाणपत्र, विवाह दर्ता) मध्ये कुनै एक र वडा कार्यालयको सिफारिस अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

आवश्यक प्रमाण नपेश गरेको अवस्थामा खेलमा सहभागी हुन पाइने छैन।

यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउन र खेलकुदमा सक्रिय हुन प्रोत्साहित गर्ने विश्वास पालिकाले लिइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.