बझाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते,काठमाडौं रेफर

sc mahendra

बझाङ । बझाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् । खप्तडछान्ना गाउँपालिका–४, माझी गाउँकी २८ वर्षीया अंगिरा रोकायालाई बुधबार बिहान ८ बजेको समयमा भालुले आक्रमण गरेको हो ।

रोकाया वेडेभुवा जंगलमा घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेकी हुन् । भालुको आक्रमणबाट उनको अनुहार र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

गम्भीर घाइते भएकी रोकायलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि पुर्‍याइएको थियो । उनको अवस्था गम्भीर भएपछि चिकित्सकको टोलीले आवश्यक उपचार गरि थप उपचारका लागि उनलाई काठमाडौं रेफर गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.