कञ्चनपुरमा प्रहरी जवानले चलाए आफैंमाथि गोली,अवस्था गम्भिर

sc mahendra

धनगढीः कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन्।
बुधवार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन्। साँझ साढे ८ बजेको समयमा ड्युटीका रहेमा उनले आफैंमाथि राइफलको गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले बताए।

सो समयमा हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद)मा ड्युटीमा खटिएका थिए। डीएसपी उमेशराज जोशीकाअनुसार गोली दाहिने कानभन्दा माथि लागेको छ। गोली लागेर जवान बिष्ट गम्भीर छन्। उनले आफैंले बोकेको एसएलआर राइफलबाट गोली चलाएको पाइएको प्रहरीले जनाएको छ। विष्टलाई महाकाली अस्पतालमा सामान्य उपचारपछि धनगढीको निसर्ग अस्पतालको भेन्टिलेटरमा राखिएर उपचार भइरहे छ। विष्ट बेहोस भएको हुनाले गोली चलाउनुको कारण नखुलेको डीएसपी जोशीले बताए।

You might also like
Leave A Reply

Your email address will not be published.