बसको ठक्करबाट बाजुरामा एक नाबालकको मृत्यु

बालकलाई ठक्कर दिने बसचालक प्रहरी नियन्त्रणमा

sc mahendra

बाजुराः बसको ठक्करबाट बाजुरामा एक नाबालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–८ बस्ने कुल विकका ४ वर्षीया छोरा निशु विक छन्।बिहीबार दिउँसो साढे ३ बजेतिर सदरमुकाम मार्तडीबाट महेन्द्रनगर जाँदै गरेको सुपप्र ०१–००११०२० नम्बरको बसले साँफे मार्तडी सडकखण्डअन्तर्गत बेतालमाण्डौँ बजारमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीले बताए।

उनका अनुसार बसले ठक्कर दिएसँगै नाबालकको घटनास्थलमै मृत्यु भएको हो। बालकलाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.