सुदूरपश्चिमकै प्रथम महिला सवारी चालक रविना चन्द सम्मानित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी : बैतडीकी १९ वर्षीया महिला सवारी चालक रविना चन्दलाई नेपाल यातायात मजदुर संघ कञ्चनपुरले सम्मानित गरेको छ।

महेन्द्रनगर बसपार्कमा आयोजित विशेष कार्यक्रममा उनलाई सुदूरपश्चिमकै प्रथम महिला सार्वजनिक सवारी चालकको रूपमा प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ निवासी रविनाले एक वर्षअघि सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गरेकी थिइन्। त्यसयता उनले बैतडी–धनगढी–महेन्द्रनगर रुटमा सार्वजनिक सवारी साधन चलाउँदै आइरहेकी छन्।

Dadeldhura Hospital

रविनाले आफ्ना बुवा डबलबहादुर चन्दको प्रेरणाबाट सवारी चालक बन्ने सपना साकार पारेकी हुन्। घरमा गाडी हुँदासमेत चालकको अभाव रहेको अवस्थामा आफूले यो पेशा अपनाउने निर्णय लिएको उनले बताइन्।

कार्यक्रममा नेपाल यातायात मजदुर संघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द जोशीले रविनाको साहस र समर्पणले अन्य महिलाहरुलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे। संघले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै रविनाले यो प्रेरणाले आफूलाई अझ बढी प्रतिबद्धताका साथ पेशामा लाग्न उत्प्रेरित गरेको बताइन्।

“महिलालाई कुनै पनि कामबाट वञ्चित गर्न हुँदैन,” रविनाले भनिन्। “महिलाहरुले अवसर पाए जुनसुकै काम गर्न सक्छन्। हिंसा कम गर्न र आर्थिक रुपमा सक्षम बनाउन महिलालाई आयआर्जनका काममा सहभागी गराउन आवश्यक छ।”

रविनाले महिलाहरुको सीप अभिवृद्धि र रोजगारीका अवसरहरू बढाउन सरकारी तथा गैरसरकारी संस्थाहरुलाई तालिम र कार्यक्रम सञ्चालन गर्न आग्रह गरिन्। आफूले सवारी चालकको रूपमा काम गर्न थालेपछि धेरैको प्रशंसा पाएको उल्लेख गर्दै उनले महिलाको सहभागीता अझै बढ्नुपर्नेमा जोड दिइन्।

रविनाको यो कदमले सुदूरपश्चिममा महिलाहरूका लागि नयाँ बाटो खोल्ने र आर्थिक सशक्तिकरणतर्फ महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.