धनगढी : धनगढीको चटकपुरस्थित सीपी अस्पतालले माघ १३ देखि माघ १८ गतेसम्म निःशुल्क मृगौला तथा मूत्ररोग सम्बन्धी परीक्षण शिविर आयोजना गर्ने भएको छ।
यस शिविरमा मूत्ररोग (युरोलोजी) का विशेषज्ञ डा. विभुषित महतले आफ्नो सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ।
युरोलोजी मानव शरीरको मूत्र प्रणालीसँग सम्बन्धित चिकित्सा विधा हो। अस्पतालका अनुसार यो शिविरमा मृगौलासम्बन्धी समस्या, मृगौलामा पत्थरी, संक्रमण, मूत्रनली र मूत्राशयमा देखिने विभिन्न समस्या तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयमा निःशुल्क परामर्श र उपचार गरिनेछ।
शिविरमा प्रदान गरिने सेवाहरु यस्ता छन् :
१) मृगौलासम्बन्धी समस्या
मृगौलामा हुने पत्थरी (स्टोन)
मृगौलाको कार्यक्षमता घट्ने समस्या
संक्रमण
२) मूत्रनलीसम्बन्धी समस्या
बारम्बार मूत्र संक्रमण
मूत्रनलीमा अवरोध
रक्तमिश्रित पिसाब
३) मूत्राशय समस्या
पिसाब रोकिने समस्या
बारम्बार पिसाब लाग्ने समस्या
४) प्रोस्टेटसम्बन्धी समस्या
वृद्ध पुरुषहरूमा देखिने प्रोस्टेट ग्रन्थीको वृद्धि
प्रोस्टेट क्यान्सर
५) प्रजनन स्वास्थ्य समस्या
नपुंसकता
शुक्राणुको कमी
अन्य यौन स्वास्थ्य समस्याहरू
सीपी अस्पताल, चटकपुर, धनगढीमा बिहान १० बजेदेखि सुरु हुने शिविर पूर्ण रूपमा निःशुल्क रहेको अस्पतालले जनाएको छ। आम नागरिकलाई निःशुल्क सेवा लिन अस्पतालले अनुरोध गरेको छ। स्वास्थ्य समस्याको पहिचान र समयमै उपचार गराउन यो शिविरले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
