प्रसिद्ध धार्मिक शक्तिपीठ घटाल थानमा सरसफाइ कार्यक्रम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक शक्तिपीठ घटाल थानमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

अमरगढी नगरपालिका(३ मा अवस्थित यो धार्मिक स्थलमा आज ९शनिबार० घटाल यूथ्स क्लबको पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

क्लबका सचिव दिपक साउदका अनुसार थान क्षेत्रमा जथाभावी उम्रिएका झारपात उखाल्ने, फोहोर टिप्ने, र वरपरको क्षेत्रलाई व्यवस्थित बनाउने काम गरिएको छ। धार्मिक आस्था केन्द्रका रूपमा परिचित घटाल थानको स्वच्छता र संरक्षणमा ध्यान दिन यस प्रकारको अभियान महत्त्वपूर्ण हुने साउदले बताए।

सफाइ अभियानमा क्लबका सदस्यहरू, स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो। यसले धार्मिक स्थललाई स्वच्छ राख्न मात्र होइन, स्थानीय समुदायमा जिम्मेवारीको भावना जगाउन पनि मद्दत पुर्‍याएको छ।

स्थानीयको विश्वासअनुसार घटाल थान सुदूरपश्चिम क्षेत्रको एक महत्वपूर्ण धार्मिक केन्द्र हो, जहाँ वर्षेनी हजारौं भक्तजनहरूको आगमन हुने गर्छ। यस प्रकारका अभियानहरूले पर्यटकीय र धार्मिक दृष्टिकोणले महत्वपूर्ण स्थलहरूको संरक्षणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.