डडेल्धुराको अमरगढीमा आज सार्वजनिक बिदा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ।

नगर स्थापना दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

आज अमरगढी नगरपालिकाले २९ औं दिवस मनाउने र नगर मातहतका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय र शिक्षण संस्थाहरुमा बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनराज ओझाले बताए।

२०५३ साल माघ १३ गते अमरगढी नगरपालिकाको स्थापना भएको हो।

स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत ओझाले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.