अछाममा बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिए

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अछाम : अछाममा २ किशोरी मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको ढकारी गाउँपालिका–८ घोडासैनका दुई जना किशोरी मृत फेला परेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

गाउँपालिकाको वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा १४ वर्षीया सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए।

उनका अनुसार मृतक किशोरी एकै घरका फुपू, भदै नाता पर्ने हुन्। उनीहरू बाख्रा चराउन जंगल गएका थिए। उनीहरूको शव क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

शनिबार राति नै प्रहरी घटनास्थल पुगेपनि राति भएकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए। उनका अनुसार शनिबार साँझ ६ बजेपछि मात्रै शव फेला परेको खबर प्रहरीकहाँ आएको थियो।

आज बिहानै प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा जान तयारी रहेको जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.