
डोटी : डोटीको जिल्ला समन्वय समिति डोटीको क्वाटरमा सायल गाउँपालिका-५, दैना निवासी ४० वर्षीय बहादुर खड्का मृत फेला परेका छन्।

डोटी प्रहरीले दिएको जानकारीअनुसार, बहादुर खड्का शनिबार आफ्नी अन्दाजी १५ वर्षीया छोरीको उपचारका लागि जिल्ला अस्पताल गएका थिए। उपचारपछि उनी दीपायल सिलगढी नगरपालिका-६ स्थित जिल्ला समन्वय समिति डोटीका सवारी चालक छत्र खड्काको क्वाटरमा बास बसेका थिए।

सवारी चालक छत्र खड्काले मृतक खड्काले मादक पदार्थ सेवन गरेर धारिलो हतियार (खुडा) प्रयोग गरी घाँटीमा प्रहार गर्दै आत्महत्या गरेको भन्दै आइतबार बिहान प्रहरीलाई खबर गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।



