घरायसी विवादमा सहोदर भाइद्वारा दाजुको हत्या

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी :  धनगढी उपमहानगरपालिका-१७, दिपनगर टोलमा घरायसी विवादका क्रममा सहोदर भाइले दाजुको हत्या गरेका छन्। गएराति भएको घटनामा लालबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार घरायसी विवादको क्रममा लालबहादुर बोहरालाई उनका भाइ प्रकाश बोहराले कुटपिट गरेका थिए। सोही क्रममा प्रकाशले लालबहादुरको घाँटीमा कैँची प्रहार गरेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

गम्भीर घाइते लालबहादुरलाई राति नै धनगढीको निसर्ग अस्पतालमा लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिएका छन्।

मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनामा संलग्न प्रकाश बोहरालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.