डडेल्धुराको दुमडामा फेला परेको चितुवाको मृ त्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा  : डडेल्धुराको अमरगढी नगरपालिका–६, दुमडामा फेला परेको चितुवाको मृत्यु भएको छ। आइतबार साँझ ५स्१५ बजेको समयमा स्थानीयले चितुवालाई देखेपछि तत्काल जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए।

Dadeldhura Hospital

घटनास्थलमा प्रहरी टोली पुगेपछि डिभिजन वन कार्यालय, डडेल्धुराको टोलीसमेत त्यहाँ पुगेको थियो। चितुवालाई उद्दार गरी वन कार्यालय पुर्‍याउने क्रममा मृत्यु भइसकेको वन कार्यालयले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डिभिजन वन कार्यालय, डडेल्धुराका अनुसार चितुवामा कुनै बाहिरी चोटपटक देखिएको छैन तर घाँटी भाँच्चिएको हुन सक्ने आशंका गरिएको छ। चितुवाको उमेर करिब पाँच महिनादेखि एक वर्षसम्मको रहेको अनुमान गरिएको छ।

चितुवाको मृत्युको कारण पत्ता लगाउन थप अध्ययन गरिने वन कार्यालयले जानकारी दिएको छ। स्थानीय क्षेत्रमा चितुवा देखिनु र मृत्युको घटना प्रकृति र वन्यजन्तु संरक्षणका दृष्टिले चिन्ताजनक रहेको सरोकारवालाहरूले बताएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.