अछाममा किशोरी मृत्यु प्रकरणः २ जना नियन्त्रणमा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अछामः अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ।

Dadeldhura Hospital

आइतवार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरूलाई प्र हरीले पक्राउ गरेको हो। पक्राउ पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन्। जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी ईश्वरी खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सामुदायिक वनमा शनिवार बेलुकी शव फेला परेको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्क विहीन भएक थिए। शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका हुन। परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागी स्थानीय प्रशासनसँग माग गरेको छन्। शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका थिए।मृतक दुवै जना एउटै परिवारका हुन। मृतक मध्य सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन्। शङ्कास्पद व्यक्तिका बारेमा परिवारले दिएको जानकारीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.