अछाममा दुई किशोरीको हत्या प्रकरण:पाँचजना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अछाम : जिल्लाको ढकारी गाउँपालिका-८ पल्सातामा शनिबार मृत फेला परेका दुई किशोरीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले हालसम्म पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले १७ वर्षीय एक किशोरले मृतक किशोरीमध्ये एकलाई बिहे गर्न दबाब दिएपछि घटनाको सुरुवात भएको देखाएको छ। ती किशोरीले बिहे गर्न अस्वीकार गरेपछि ती किशोरले भीरबाट खसालेर हत्या गरेको प्रहरीको दाबी छ। घटनाको साक्षी रहेकी अर्की किशोरीलाई समेत उनीहरूले हत्या गरेको बताइएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

घटनाको पृष्ठभूमि :
शुक्रबार बाख्रा चराउन जंगल गएका ती किशोरीहरू शनिबार दिउँसो मृत अवस्थामा फेला परेका थिए। स्थानीयहरूले सम्पर्कमा नआएपछि उनीहरूको खोजी सुरु गरेका थिए। खोजीका क्रममा करिब १६ मिटरको फरकमा दुई जनाको शव भीरमा भेटिएको थियो।

प्रारम्भिक अनुसन्धान :
अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीका अनुसार पक्राउ परेकाहरूमा मृतक किशोरीको भिनाजु नाता पर्नेहरू पनि छन्। घटनामा संलग्न सबैलाई कानूनी कारबाही अघि बढाउन अनुसन्धान जारी छ।

शव परीक्षणका विवरण :
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको पोस्टमार्टम रिपोर्ट अनुसार दुबै किशोरीको टाउकोमा गम्भीर चोट भेटिएको छ भने एक किशोरीको मेरुदण्ड नै भाँचिएको पाइएको छ। उनीहरूमाथि बलात्कार भएको हो वा होइन भन्ने विषयमा थप प्रमाण जुटाउन स्वाब परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला, काठमाडौं पठाइएको छ।

प्रहरीले घटनाको सत्यतथ्य बाहिर ल्याउन थप अनुसन्धान गरिरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.