काँग्रेसका महामन्त्री थापा श्रीमति सहित धार्मीक यात्रामा सुदूरपश्चिम पुगे

sc mahendra

डडेल्धुरा : नेपाली काँग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापा श्रीमतीसहित सुदूरपश्चिम प्रदेशको धार्मिक तथा पर्यटकीय भ्रमणमा रहेका छन्।

थापा बुधबार धनगढीमा बास बसेपछि बिहीबार बिहान श्रीमतीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूको भ्रमणमा निस्किएका हुन्। भ्रमणका लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ। थापा आज बिहानै डडेल्धुरा पुगेका छन्।

उनी सवार हेलिकप्टर डडेल्धुराको प्रसिद्ध उग्रतारा माताको मन्दिरमा अवतरण गरिएको छ।

डडेल्धुरा पश्चात् थापा डोटी, अछामबाट बडीमालिका जाने तयारीमा छन्। यस क्रममा उनी खप्तड, रामारोशन र त्रिपुरा लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछन्।

नेता थापाको यो भ्रमण व्यक्तिगत उद्देश्यका लागि भएको काँग्रेस स्रोतले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.