
अछाम । मोटरसाइकलको ठक्करबाट अछाममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका– १ मुलीकी ७२ वर्षीया मैसरा ढकालको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।

कमलबजारबाट तुर्माखाँद जाँदै गरेको सुपप ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रा गरिरहेकी ढकालको घटनास्थलमै मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

कमलबजार तुर्माखाँद सडकखण्डस्थित मोटरकाट्यामा तुर्माखाँद गाउँपालिका– ५ बस्ने २३ बर्षिया लक्ष्मणबहादुर शाहीले चलाएको मोटरसाइकलको ठक्करबाट ढकाललको मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीले बताए ।
चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइसकेको उनले बताए ।



