स्वास्थ्य सुविधामा सुधारको प्रतिबद्धता सहित जोगबुडा अस्पतालको सेवा अब नयाँ भवनबाट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा :डडेल्धुराको जोगबुडा अस्पतालले सोमबारदेखि नयाँ भवनबाट आफ्नो स्वास्थ्य सेवा सुरु गरेको छ।
परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशीले शुक्रकार धार्मिक विधिपूर्वक पूजा गरी नयाँ भवनको औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा मेयर जोशीले स्थानीय स्वास्थ्य सेवालाई आत्मनिर्भर र प्रभावकारी बनाउन नयाँ भवन महत्वपूर्ण कदम भएको बताउनुभयो। उहाँले संघ र प्रदेश सरकारसँग अस्पतालका लागि थप उपकरण र व्यवस्थापन पक्षमा निरन्तर पहल भइरहेको जानकारी दिनुभयो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

मेयर जोशीले परशुराम, आलिताललगायत क्षेत्रका नागरिकलाई उपचारका लागि धनगढी, काठमाडौँ वा नेपालगन्जजस्ता स्थानमा धाउन नपरोस् भन्ने लक्ष्यसहित अस्पतालको सेवा विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो।

हामी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रतिबद्ध छौँ। अस्पताललाई विशेषज्ञ सेवा र आवश्यक उपकरणसहित स्तरोन्नति गर्ने योजनामा छौँ, उहाँले भन्नुभयो।

चिकित्सकहरूलाई पर्याप्त काम गर्ने वातावरण बनाउन नगरपालिकाले विशेष ध्यान दिने मेयर जोशीले बताउनुभयो। उहाँले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी र अफवाहले चिकित्सकहरूको मनोबल कमजोर पार्ने भएकाले सकारात्मक वातावरण बनाउन नगरवासीलाई आग्रह गर्नुभयो।
नगरपालिकाले हरेक वर्ष स्थानीय नागरिकलाई लक्षित गरी निःशुल्क विशेष स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना पनि अघि सारेको छ। स्वास्थ्य सेवामा सुधार गर्न नगरवासीको समर्थन आवश्यक छ, मेयर जोशीले जोड दिनुभयो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.