डडेल्धुरामा चट्याङ पीडित परिवारलाई नगद राहत वितरण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, माघ १९ डडेल्धुराको परशुराम नगरपालिका–१० मा चट्याङ लागेर मृत्यु भएका अमरबहादुर बिष्टको परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले नगद राहत प्रदान गरेको छ।

Dadeldhura Hospital

मृतक बिष्टकी श्रीमती पार्वती देवी बिष्टलाई प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले समितिको तर्फबाट २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्ला विपद् व्यवस्थापन समितिले विपद्का घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई तत्काल राहत प्रदान गर्ने निर्णयअनुसार यो सहयोग वितरण गरिएको हो।

गत भदौ १६ गते चट्याङ लागेर अमरबहादुर बिष्टको ज्यान गएको थियो। यस घटनापछि परिवारले आर्थिक कठिनाइको सामना गरिरहेको अवस्थामा यो सहयोगले थोरै राहत मिल्ने विश्वास व्यक्त गरिएको छ।
क्षेत्रका स्थानीयबासीले विपद् व्यवस्थापन समितिले समयमै राहत वितरण गरेकोप्रति धन्यवाद व्यक्त गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.