नेपाल मोबाइल व्यवसायी संघ कञ्चनपुरद्वारा सहिद दिवस विशेष ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुर, माघ १९ , नेपाल मोबाइल व्यवसायी संघ, कञ्चनपुरले सहिद दिवसको अवसरमा माघ १६ देखि १८ गतेसम्म आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट खेलाडीहरूको उत्साहजनक सहभागिता रह्यो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई संघले विशेष सम्मानका साथ बधाई ज्ञापन गरेको छ। प्रतियोगिता मैत्रीपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको र सहभागी सबै खेलाडीहरूको खेल भावना सराहनीय रहेको आयोजकले जनाएको छ।

संघका सचिव सिद्धराज भट्टले प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण प्रायोजक, अतिथि, स्वयंसेवक तथा खेलप्रेमी मित्रहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै, आयोजकले भविष्यमा यस्ता खेलकुद कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.