डडेल्धुराको आलितालमा विश्व सिमसार दिवस २०२५ भव्य रूपमा मनाइयो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : आलिताल गाउँपालिकाको आलिताल परिसरमा विश्व सिमसार दिवस २०२५ विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। अक्सफाम नेपाल र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को साझेदारीमा सञ्चालित जलाधार व्यवस्थापन तथा विकास योजना परियोजनाअन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो।

आलिताल गाउँपालिका–३ का अध्यक्ष बल बहादुर बुढामगरले आलिताल क्षेत्रको संरक्षणमा गाउँपालिकाले गम्भीर चासो राखेको जानकारी गराउनुभयो। उहाँका अनुसार वरपरका सामुदायिक वनहरूमा चरिचरनमा रोक लगाइएको छ भने खहरेखोला नियन्त्रणका विभिन्न कार्यहरू सञ्चालन गरिएका छन्। उहाँले सिमसार क्षेत्रको संरक्षणले पर्यावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्थानीय तहले यसमा निरन्तर काम गरिरहेको बताउनुभयो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

त्यस्तै, जोरायल गाउँपालिका–२ का अध्यक्ष वीर बहादुर दर्लामीले सिमसार क्षेत्रको संरक्षण नितान्त आवश्यक रहेको बताउँदै यसको समयमै संरक्षण गर्न नसके खानेपानीका मुहानहरू सुक्ने र जनजीवनमा गम्भीर समस्या उत्पन्न हुने चेतावनी दिनुभयो। रङ्गुन जलाधार क्षेत्रको संरक्षण सबैको साझा दायित्व हो, उहाँले भने। साथै विकास निर्माणका कार्यहरू अगाडि बढाउनु अघि पर्याप्त अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले आगलागी नियन्त्रण र जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्न पनि स्थानीय तहले विशेष प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा आलिताल सब-वन डिभिजनका प्रमुख हरिनारायण यादवले सिमसार क्षेत्रको संरक्षणमा देखिएका चुनौतीहरूको विषयमा प्रस्ट पार्दै वन कार्यालयले समुदायसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

Dadeldhura Hospital

उहाँले सिमसार क्षेत्र नष्ट हुँदा जैविक विविधता, पानीको स्रोत र पर्यावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पर्ने भएकाले यसको संरक्षणमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा सिमसार क्षेत्रको संरक्षणले जैविक विविधता र वातावरणीय सन्तुलनमा पुर्याउने योगदानबारे गहन अन्तर्क्रिया गरिएको थियो। स्थानीय विद्यार्थी, शिक्षक र वातावरणीय अभियन्ताहरूले सिमसार संरक्षणका विषयमा आफ्ना धारणा राख्दै समुदायलाई अझ सचेत बनाउनुपर्ने आवश्यकता औंल्याए।
विश्व सिमसार दिवसको अवसरमा आलिताल क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको थियो। स्थानीय विद्यार्थी, महिला समूह र जनप्रतिनिधिहरूको सक्रिय सहभागितामा आलिताल परिसरमा सरसफाइ गरिएको थियो। यो अभियानले वातावरणीय सचेतनालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकहरूले बताए।
रुडुक डडेल्धुराका कार्यकारी प्रमुख अमर साउदले सिमसार क्षेत्रको संरक्षण र वातावरणीय सन्तुलनलाई टेवा पुर्याउन यो दिवस मनाइएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहभागीहरूले सिमसार क्षेत्रको संरक्षणले जलवायु परिवर्तनको चुनौती सामना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले समुदायलाई सचेत र जिम्मेवार बनाउन प्रेरणा दिनेमा जोड दिए।
दिवसले स्थानीय तह, समुदाय र सरोकारवालाहरूलाई सिमसार क्षेत्रको संरक्षणप्रति सचेत बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।

कार्यक्रममा आलिताल गाउँपालिका–३ का अध्यक्ष बलबहादुर बुढामगर, जोरायल–२ का अध्यक्ष वीरबहादुर दर्लामी मगर, आलिताल सब(वन डिभिजनका प्रमुख हरिनारायण यादव, आलिताल गाउँपालिकाकी पूर्व उपाध्यक्ष जला बिष्ट बोगटी, विद्यालयका शिक्षक, पत्रकार, विद्यार्थी, तथा विभिन्न महिला सशक्तिकरण समूहका महिला सहभागी थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.