हिमालयन उग्रतारा एजुकेशन एकेडेमीले मनायो १२ औँ स्थापना दिवश

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

गैरा डोटी,
डोटीको जोरायल गाउपालिका वडा नं.१ मा रहेको अग्रणी शैक्षिक संस्था हिमालयन उग्रतारा एजुकेशन एकेडेमी ले आफनो १२ औँ वाार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं यूवा व्यवसायी योगेन्द्र बहादुर मल्लको अध्यक्षता तथा जोरायल गाउपालिका वडा नं.१ का अध्यक्ष जगत बहादुर मल्लको प्रमखु अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमका सहभागीहरु लाई एकेडेमीका संस्थापक प्रधानाध्यापक हेमन्त पातलीले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, प्रहरी चौकी प्रमुख, स्थानिय समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा एकेडेमीका संस्थापक प्रधानाध्यापक हेमन्त पातलीले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने शैक्षिक संस्था संञ्चालन का विभिन्न चुनौतीका बारेमा विचार राख्नु भएको थियो ।
कार्यक्रममा विज्ञान प्रदर्शनी का साथै विद्यार्थिहरुको तर्फ बाट सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै विभिन्न व्यक्तित्व र विद्यार्थिहरु लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयको तर्फ बाट विभिन्न विद्यामा विद्यार्थिहरु लाई छात्रवृती पनि प्रदान गरिएको थियो ।
कार्यक्रमका अधिकांस बक्ताहरुले हिमालयन एजुकेशन एकेडेमीले स्थापनाकाल देखी नै शैक्षिक गुणस्तरका लागी राम्रो काम गरेको बताएका थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.