
धनगढी, कैलालीको धनगढीबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये दुई भारतीय नागरिक र एक नेपाली छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र बोहराका अनुसार भारतको लखिमपुर खिरी नौसर गुलरिया बस्ने ३२ वर्षीय रियासद अली, ४० वर्षीय देशराज राना तथा धनगढी उपमहानगरपालिका–१९ का ३९ वर्षीय गुरुप्रसाद चौधरीलाई पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरूको साथबाट दुई थान भरुवा बन्दुक र एक थान चक्कु बरामद गरिएको डीएसपी बोहराले जानकारी दिए। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा जिल्ला, प्रदेश र संघीय प्रहरीको टोलीले संयुक्त रूपमा अपरेशन चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



