कैलालीको अत्तरियामा महिलाको शव रुखमा फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कैलाली : कैलालीको अत्तरियामा मंगलबार बिहान एक महिलाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ। गोदावरी नगरपालिका–२ दुर्गालक्ष्मी महिला सामुदायिक वन क्षेत्रमा कञ्चनपुर भीमदत्त नगरपालिका–२ की मानमती भट्टको शव फेला परेको हो।

Dadeldhura Hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाका अनुसार शव अग्लो रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो। प्रारम्भिक अनुसन्धानमा उनी महेन्द्रनगरबाट आफन्तकोमा अत्तरिया आएको खुलेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको जनाएको छ। थप विवरणहरू संकलनको क्रममा रहेको र घटना शंकास्पद भएको अनुमान गरिए पनि हालसम्म कुनै निष्कर्षमा पुगिएको छैन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.