भीम रावलले २६ माघमा धनगढीमा जागरण भेला गर्ने

sc mahendra

धनगढीः नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने भएका छन्।

मातृभूमि जागरण अभियान संचालन गरिरहेका डाक्टर भीम रावलले कैलालीको धनगढीमा जागरण भेला गर्ने भएका छन। बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले माघ २६ गते जागरण भेला गर्ने जानकारी दिएका हुन। कैलाली, कञ्चनपुरलाई लक्षित गरी आयोजना गरिएको जागरण भेलामा जुनसुकै पार्टीमा आबद्ध भएका देशभक्त नागरिक उपस्थितिका हुन सक्ने उनले बताए।
मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माणको उद्घोष गरेका उनले भेलामा उपस्थितिको लागि अपिल गरेका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.