मिनी ट्रक दुर्घटना, १९ वटा खसीबोका मरे

sc mahendra

माघ २७– चितवनमा खसीबोका बोकेको मिनी ट्रक दुर्घटनामा १९ वटा खसीबोका मरेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका– ४ मा मिनी ट्रक दुर्घटनामा १९ वटा खसीबोका मरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।
खसीबोका लिएर बर्दियाबाट काठमाडौं आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक सडकमा पल्टिएर दुर्घटना भएको उनको भनाइ छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

You might also like
Leave A Reply

Your email address will not be published.