अर्जुन ट्रफी:आजअत्तरिया र धनगढी भिड्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा सिवाइसी अत्तरिया र डीसीए धनगढी भिड्ने भएका छन् ।
दिउँसो १२ः१५ बजेदेखि फाइनल प्रवेशका लागि सिवाइसी अत्तरिया र डीसीए धनगढी भिड्ने भएका हुन्। यसअघि शनिवार भएको पहिलो फाइनल खेलमा न्यू होराइजन बुटवललाई पाँच विकेटले हराउँदै डडेल्धुरा फाइनलमा पुगेको छ। आजको विजेता टिमले सोमवार फाइनलमा डडेल्धुरासँग भिड्ने छ।
अत्तरिया सँगको सेमिफाइनल खेल खेल्नका लागि धनगढीले आज नेपाली अलराउण्डर दिपेन्द्र सिह ऐरीलाई नयाँ खेलाडिका रुपमा भित्र्याएको छ। जसले खेललाई झन रोचकता प्रदान गरेको छ। धनगढीबाट दिपेन्द्र सिंह ऐरी सहित ललीत राजवंशी, लोकेश बम, नारायण जोशी लगायतका खेलाडीहरु रहेका छन् भने अत्तरियाबाट भीम सार्की, विवेक यादव, साहव आलम, रसिद खान लगायतका खेलाडीहरु रहेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.