बझाङका दुई युवाको भारतको बेंगलुरुमा डुबेर मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बझाङ — भारतको बेंगलुरुमा पौडी खेल्ने क्रममा डुबेर बझाङका दुई युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा केदारस्यूँ गाउँपालिका वडा नम्बर ७ का २२ वर्षीय वीरेन्द्र विक र वडा नम्बर ९ सेकूका २४ वर्षीय विनय विक रहेका छन्।

Dadeldhura Hospital

स्थानीय प्रमानन्द चिमाडीका अनुसार उनीहरू रोजगारीको सिलसिलामा बेंगलुरुमा थिए। शनिबार दिउँसो पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए। उद्धार प्रयास भए पनि दुवै जनाको ज्यान जोगाउन नसकिएको चिमाडीले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रहरी स्रोतका अनुसार घटनास्थलमा स्थानीय प्रशासनले अनुसन्धान सुरु गरेको छ। नेपाली दूतावासलाई पनि घटनाबारे जानकारी गराइएको छ।

परिवारजनले दुःख व्यक्त गर्दै उनीहरूको शव नेपाल फर्काउन प्रक्रिया सुरु गरिएको जनाएका छन्। वडाध्यक्षले दुःखद घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतकका परिवारलाई आवश्यक सहयोगको आश्वासन दिएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.