माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्जमा गिरिराजमणि

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — नेकपा माओवादी केन्द्रले सात प्रदेश र ७७ जिल्लाका इन्चार्जहरूको जिम्मेवारी तोकेको छ। गत माघ २१ गते बसेको केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकको निर्णयलाई हिजो (आइतबार) परिपत्रमार्फत नेता तथा कार्यकर्तामा पठाइएको हो।

पार्टीका केन्द्रीय विभाग, वर्गीय संगठन, केन्द्रीय कार्यालय, प्रदेश, र जिल्लाहरूमा कार्यविभाजन गर्ने निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

महासचिव देव गुरुङद्वारा पठाइएको परिपत्रअनुसार सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी गिरिराजमणि पोखरेललाई दिइएको छ। सह-इन्चार्जको जिम्मेवारी खगराज भट्ट र बिना मगरलाई प्रदान गरिएको छ।

पार्टीले अन्य प्रदेश र जिल्लाका इन्चार्जहरूको जिम्मेवारीसमेत टुङ्गो लगाएको र चाँडै त्यसबारे थप जानकारी दिने जनाएको छ। यो निर्णयले पार्टी संरचनालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.