दार्चुलाका उद्यम विकास शाखा प्रमुख अवस्थीको कुम्भ मेलामा जाने क्रममा दुर्घटनामा परि निधन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दार्चुला, २८ माघ  — मालिकार्जुन गाउँपालिकामा कार्यरत उद्यम विकास शाखा प्रमुख जगदीश चन्द्र अवस्थीको भारतको प्रयागराजमा कुम्भ मेलामा जाने क्रममा गाडीको ठक्करबाट निधन भएको छ।

उनी आमासहित प्रयागराज जाँदै गर्दा लखनऊमा सवार गाडीबाट झर्ने क्रममा अर्को गाडीले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थीलाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

अवस्थी नेपाल राष्ट्रिय कर्मचारी संगठन मालिकार्जुन गाउँपालिका अध्यक्ष समेत थिए। उनको असामयिक निधनले गाउँपालिकाका कर्मचारीहरू, स्थानीयवासी तथा सहकर्मीहरूमा ठूलो शोक छाएको छ।

शोक विदा
उनको निधनप्रति शोक व्यक्त गर्दै मालिकार्जुन गाउँपालिकाले आज एक दिन पालिका भरिका कार्यालयहरू बन्द गर्दै अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने निर्णय गरेको छ।

अवस्थीको निधनप्रति गाउँपालिकाका जनप्रतिनिधि, सहकर्मी तथा स्थानीयवासीहरूले गहिरो दुःख व्यक्त गरेका छन्। गाउँपालिका अध्यक्ष लगायत विभिन्न व्यक्तिहरूले उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.