दुई प्रदेश प्रमुखद्वारा आलिताल पर्यटकीय स्थल अवलोकन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटकीय स्थल आलितालको भ्रमण गरेका छन्।
भ्रमणसँगै आलिताल गाउँपालिकाले उनीहरूलाई पालिकाको सभाहलमा एक अनौपचारिक कार्यक्रम गरी स्वागत गरेको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

स्वागत कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले आफू पहिलो पटक यस क्षेत्रमा आएको अनुभव सुनाउँदै सुदूरपश्चिम वास्तवमै सुन्दर रहेको बताए। उनले भित्री मधेशको भौगोलिक अवस्था रमणीय रहेको उल्लेख गर्दै यहाँको वन,जंगल र ढुङ्गा, गिट्टी, बालुवा आम्दानीको मुख्य स्रोत हुन सक्ने बताए। साथै, उनले प्राकृतिक स्रोत साधनको उचित उपयोग कानुनी रूपमा गर्न नपाउँदा समस्या भएको बताए।

Dadeldhura Hospital

गण्डकी प्रदेश प्रमुख भट्टले पारिवारिक भेटघाटको अवसरसँगै आलितालका जनप्रतिनिधिहरूसँग भेटघाट गर्न पाएको बताए। आफू आलिताल-३ चौडकै पूर्व बासिन्दा रहेको स्मरण गर्दै उनले बाल्यकालदेखि नै यस भेगसँग गहिरो सम्बन्ध रहेको बताए। भट्टले पहिलेको तुलनामा अहिले विकासको गतिले तीव्रता पाएको उल्लेख गर्दै शिक्षादेखि यातायातसम्मका सेवा-सुविधाहरूमा सुधार आएको बताए।

पालिकाका अध्यक्ष शेरसिंह पार्कीले दुई प्रदेश प्रमुखलाई एकसाथ पालिकामा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे। उनले आलितालको प्रमुख समस्या पुल निर्माण रहेको उल्लेख गर्दै अहिलेसम्म बजेटको सुनिश्चितता नभएको गुनासो गरे।

प्रदेश प्रमुखद्वयलाई आलिताल-४ स्थित घरेलु क्षेत्रमा पनि अनौपचारिक भेटघाट गराइएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.