विवाहको कानुनी उमेर २० वर्ष नै कायम गर्न किशोर/किशोरीहरूको माग

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः सुदूरपश्चिमका किशोर/किशोरीहरूले विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम राख्न आग्रह गरेका छन्। बाजुरा, अछाम, र कैलालीका २६० जना किशोर/किशोरीहरूले प्रधानमन्त्रीलाई पत्र पठाउँदै विवाहको उमेर घटाएर १८ वर्ष पुर्‍याउने कानुन उपसमितिको प्रस्तावको विरोध गरेका हुन्।

Dadeldhura Hospital

उनीहरूले हुलाकमार्फत पठाएको पत्रमा उल्लेख गरिएको छ कि शारीरिक, मानसिक, र संवेगात्मक परिपक्वता नपुग्दासम्म विवाह दिगो नहुने, सन्तान जन्माउँदा स्वास्थ्य जटिलता आउने, यौनजन्य हिंसाको जोखिम बढ्ने, तथा निर्णय क्षमतामा कमी आउने भएकाले २० वर्षको उमेर सीमा नै उचित हुनेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नेपालको संविधान, मुलुकी देवानी संहिता, बालअधिकार सम्बन्धी ऐन, तथा विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरूले बालविवाह निषेध गर्ने व्यवस्था गरिसकेको उल्लेख गर्दै किशोर/किशोरीहरूले कानुनी उमेर घटाउनु अनुचित हुने तर्क गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.