डडेल्धुराका उद्योगी कालीप्रसाद जोशी मृत अवस्थामा फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, फागुन ३ : डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कालीप्रसाद जोशी मृत अवस्थामा फेला परेका छन्।

Dadeldhura Hospital

फागुन १ गतेदेखि सम्पर्कविहीन रहेका जोशी शनिबार दिउँसो अमरगढी नगरपालिका-२, कुस्माली खोलामा अवस्थित पानी घट्टको छेउमा मृत अवस्थामा फेला परेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जोशी डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका-२, भेल निवासी ६० वर्षीय उद्योगी हुन्। उनी फागुन १ गते बिहान ११:०० बजेपछि परिवार तथा साथीसँग सम्पर्कमा नरहेको जनाइएको थियो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार शव फेला परेपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। जोशीको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.