भागेश्वर माविको स्वर्ण जयन्ती उद्घाटन आज,पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ आउदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: परशुराम नगरपालिका वडा नं. ४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव आज भव्य रूपमा उद्घाटन हुने भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल (डायमण्ड)का अनुसार उद्घाटन समारोह नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्नुहुनेछ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य जगत पार्की, सुदूरपश्चिम प्रदेशसभा सदस्य खगराज भट्ट ,ओमविक्रम भाट (सरल) ,शिव आली  र गीता माल ,लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ। साथै, चर्चित कलाकारहरू छत्र शाही, काँजल जोशी, विपना सिंह, शंकर मल्ल ठकुरी, सीता पुजारा, रमेश मल्ल, महेन्द्रराम पार्की, तथा मोडल डान्सर पुष्पा बोहराको विशेष प्रस्तुति रहनेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

स्वर्ण जयन्तीको अवसरमा विभिन्न सम्मान कार्यक्रमहरू समेत आयोजना गरिनेछ। ज्येष्ठ नागरिक सम्मान, शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूको सम्मान, विद्यालयका संस्थापकहरूलाई सम्मान तथा जमिनदाता अर्धकको सालिक अनावरण कार्यक्रम गरिनेछ। साथै, महिला आमा समूहका डेउडा प्रतियोगिता समेत महोत्सवको मुख्य आकर्षण रहनेछ।

सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता : 

स्वर्ण जयन्तीको अवसरमा विद्यालयले सर्वाधिक धनराशि पुरस्कारसहितको खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

पुरुष भलिबल प्रतियोगिता

विजेता टिम रु ३ लाख

उपविजेता टिम रु १ लाख ५१ हजार

Dadeldhura Hospital

तेस्रो स्थान प्राप्त टिम रु ७५ हजार

ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ।

टिम दर्ता शुल्क रु ७,५००

महिला भलिबल प्रतियोगिता

विजेता टिम रु १ लाख ५० हजार

उपविजेता टिम रु ७५ हजार

तेस्रो स्थान प्राप्त टिम रु ५० हजार

टिम दर्ता शुल्क रु ४,०००

कार्यक्रमको आकर्षण बढाउन कृषि प्रदर्शनी समेत आयोजना गरिनेछ, जसमा स्थानीय कृषकहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गर्नेछन्।

स्वर्ण जयन्ती महोत्सव विद्यालयको ऐतिहासिक उपलब्धि तथा प्रगतिप्रति गर्व गर्ने अवसर भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.