डडेल्धुरामा भव्य महोत्सव फागुन १२ देखि २२ गतेसम्म

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुरामा यही फागुन १२ गतेदेखि २२ गतेसम्म भव्य महोत्सव आयोजना हुने भएको छ। ‘दिगो विकास र अर्थतन्त्रको आधारः कृषि, पर्यटन, उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा डडेल्धुराको आयोजनामा अमरगढी नगरपालिका–४ टुँडिखेलमा महोत्सव हुन लागेको हो।

महोत्सवको उद्देश्य स्थानीय कला, संस्कृति, धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रचारप्रसार गर्नुका साथै डडेल्धुराको भेषभूषालाई राष्ट्रिय स्तरमा चिनाउने रहेको छ। आयोजक समितिका अध्यक्ष गणेश केसीका अनुसार यस महोत्सवले जिल्लाको मौलिक पहिचानलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

महोत्सवमा बालउद्यान, सांस्कृतिक झाँकी, सुदूरपश्चिम प्रदेशका कला तथा सांस्कृतिक प्रदर्शनी, बडालको चौलो, महिला–पुरुष देउडा प्रतियोगिता, स्थानीय उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी तथा बिक्री, विभिन्न कम्पनीका स्टलहरू रहनेछन्। साथै, राष्ट्रिय स्तरका कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति समेत समावेश गरिनेछ।

महोत्सव व्यवस्थापनका लागि करिब ५२ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सफल आयोजनाका लागि १२ वटा उपसमिति गठन गरिएको छ। महोत्सव अवलोकनका लागि सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरूका लागि ५० रुपैयाँ मात्र प्रवेश शुल्क निर्धारण गरिएको छ।

डडेल्धुराको स्थानीय उत्पादन तथा पर्यटन प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने अपेक्षासहित महोत्सवको आयोजना गरिएको आयोजकहरूले बताएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.