आलितालमा एमालेको जरा अभियान फागुन १० गते देखि

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा:डडेल्धुराको आलिताल गाउँपालिकामा नेकपा (एमाले)को जरा अभियान सञ्चालन हुने भएको छ।

सोमबार सम्पन्न पालिका स्तरीय भेलाले फागुन १० गतेदेखि २३ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

एमाले डडेल्धुराको चौथो जिल्ला कमिटीको पूर्ण बैठकले जिल्लाभर जरा अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेपछि आलिताल गाउँपालिकाले पनि अभियानलाई सक्रिय रूपमा अघि बढाउने योजना बनाएको छ।

गाउँ कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीको अध्यक्षतामा बसेको बैठक तथा अभिमुखीकरण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज पठानसिंह बोहरा प्रमुख अतिथि रहनुभयो।

केन्द्रीय सदस्य बोहराले बस्तीस्तरसम्म अभियान पुर्‍याउन ठोस कार्ययोजना बनाउनु पर्ने आवश्यकता औंल्याउँदै, आलितालका ८ वडामा बस्ती भेटघाट, टोल अधिवेशन र संगठन सुदृढीकरण अभियान प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिनुभयो।

एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले तीन महिने जरा अभियानको कार्ययोजना प्रस्तुत गर्दै अभियानलाई उत्पादक र उपलब्धिमूलक बनाउन नेता–कार्यकर्तालाई आह्वान गर्नुभयो।

जरा अभियानको कार्यतालिका :

Dadeldhura Hospital

अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न निम्न कार्यतालिका निर्धारण गरिएको छ:

फागुन १० – वडा नं. २

फागुन ११ – वडा नं. १

फागुन १३ – वडा नं. ५

फागुन १६ – वडा नं. ४

फागुन १८ – वडा नं. ८

फागुन २० – वडा नं. ३

फागुन २२ – वडा नं. ७

फागुन २३ – वडा नं. ६

अभियानलाई प्रभावकारी बनाउन स्थानीय कार्यकर्ताहरूलाई व्यापक रूपमा संलग्न गराइने एमाले आलिताल गाउँ कमिटीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.