भिरबाट लडेर मृत्यु भएकि गौरा धामीको परिवारलाई किसान बहुउद्देश्यीयको ६ लाख बढी नगद सहयोग

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा :  पछिल्लो समय सहकारी क्षेत्रलाई लिएर नकारात्मक चर्चा भइरहेको बेला डडेल्धुराको आलिताल गाउँपालिकास्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले उदाहरणीय कार्य गरेको छ। सहकारीले आफ्ना सदस्यहरूलाई मात्र सेवा सुविधा उपलब्ध गराउने नभई, आपतकालीन अवस्थामा समेत साथ दिने प्रतिबद्धता देखाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आलिताल गाउँपालिका–३ चौडवण्डालेकी गौरा देवी धामीको केही दिनअघि भिरबाट लडेर दुःखद निधन भएको थियो। मृतक धामीको परिवारलाई किसान बहुउद्देश्यीय सहकारी संस्थाले ६ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

Dadeldhura Hospital

सहकारीका इलाका प्रमुख भोजराज भट्टराईका अनुसार, मृतक धामीले २ लाख ५० हजार रुपैयाँ ऋण लिएकी थिइन्। ऋण बिमा अन्तर्गत ६ लाख रुपैयाँ तथा काजकिरिया खर्चस्वरूप थप २५ हजार रुपैयाँ गरी कुल ६ लाख २५ हजार रुपैयाँ धामी परिवारलाई प्रदान गरिएको हो।

शोक तथा श्रद्धाञ्जली सभा आयोजना गरी उक्त रकम मृतक धामीका परिवारलाई हस्तान्तरण गरिएको छ।

नेपालभर विभिन्न सहकारी संस्थाहरूले अनियमितता र ठगीको आरोप खेपिरहेका बेला किसान बहुउद्देश्यीय सहकारी संस्थाको यो सहयोगले सहकारीको मानवीय र सामाजिक उत्तरदायित्वलाई उजागर गरेको छ। संकटमा परेका सदस्यका परिवारलाई राहत प्रदान गर्दै सहकारी आन्दोलनको मूल मर्मअनुसार कार्य गर्ने प्रतिबद्धता देखाएको छ।

कार्यक्रममा आलिताल-३ का वडा अध्यक्ष बल बहादुर बुढामगरले सहकारीको यो सकारात्मक कदमको प्रशंसा गर्दै अन्य सहकारी संस्थाले पनि यस्तै उदाहरणीय कार्य गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, स्थानीय सरकारको तर्फबाट पनि मृतकको परिवारलाई सक्दो सहयोग  गरेकाे बताउदै भविष्यमा यस्ता घटनाबाट बच्नका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जानकारी दिए। उनले जोखिमयुक्त स्थानलाई ‘रेड जोन’ घोषणासहित घाँस दाउरा गर्न निषेध गर्ने उपाय अपनाउनुपर्ने बताए।

सहकारीको यो मानवीय कदमले संकटमा परेका परिवारलाई राहत दिनुका साथै सहकारी क्षेत्रप्रति जनताको विश्वास बढाउने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.