बाजुरामा बिहेभोजमा विवाद हुँदा एक जनाको मृत्यु, तीन पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बाजुरा – बाजुराको बुढीगंगा नगरपालिका–८ मोटावाडामा बिहेभोजका क्रममा भएको विवादमा परी एक जनाको मृत्यु भएको छ।

Dadeldhura Hospital

मृतक बुढीगंगा नगरपालिका–९ का २७ वर्षीय रणबहादुर थापा रहेका छन्। उनी आफन्त रामबहादुर खड्काका छोराको बिहे भोजमा सहभागी हुन मोटावाडा पुगेका थिए। राति करिब ११ बजेपछि भोजकै क्रममा दुई पक्षबीच विवाद उत्पन्न भएको थियो। झडपमा परेका थापा गम्भीर घाइते भएका थिए। उपचारका लागि बयालपाटा अस्पताल, अछाम लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका–७ का वाइलका दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्का रहेका छन्। उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक ९डीएसपी० दिलीप गिरीले जानकारी दिएका छन्।

यस घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.