अछाममा अटोको ठक्करबाट एक महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अछाम । अछाममाअटोरिक्साको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका-७ रिडिकोट निवासी ५५ वर्षीया जनक शाहको वयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Dadeldhura Hospital

साँफेबगर-मंगलसेन सडक खण्डको रिडिकोट नजिक सडक पार गरिरहेको अवस्थामा शाहलाई अटोरिक्साले ठक्कर दिएर घाइते बनाएको थियो । घाइते भए लगत्तै शाहलाई नजिकै रहेको बयलपाटा अस्पतालमा पुगाइएको थियो । उपचारको क्रममा शाहको मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बान्नीगढी जयगढ गाउँपालिका-४ तिमिल्सैनका चालक विशाल बोहरालाई प्रहरीले नियन्त्रणमा लिइएको अछाम प्रहरीले जानकारी दिएको छ ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी भण्डारीले जानकारी दिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.