
धनगढी – अछामको ढकारी गाउँपालिका–५ बास्कोटमा बाघको आक्रमणबाट सात वटा बाख्राको मृत्यु भएको छ।

बिहीबार राति लक्षी नेपालीको गोठमा बाँधिएका ९ मध्ये ७ वटा बाख्रालाई बाघले आक्रमण गरी मारेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। बाघको आक्रमणबाट गोठमा क्षति पुगेको छ भने स्थानीयवासी त्रसित भएका छन्।

स्थानीयबासीले वन कार्यालयलाई घटनाबारे जानकारी गराइसकेका छन्। बाघको आक्रमण दोहोरिन सक्ने भएकाले सचेत रहन तथा सुरक्षाका उपाय अपनाउन आग्रह गरिएको छ।



