सिँचाइ कुलो निर्माणपछि किसानलाई राहत

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–३, रक्सौन क्षेत्रमा सिँचाइ कुलो निर्माण भएपछि किसानहरूलाई ठूलो राहत पुगेको छ। गत वर्ष सुदूरपश्चिम सरकारको २५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको कुलोले करिब १५० घरधुरीलाई सिँचाइ सुविधा प्रदान गरेको छ।

वडा अध्यक्ष बलबहादुर बुढामगरका अनुसार कुलो निर्माणपछि रक्सौन,झोता,डडेल्ने लगाएतका किसानहरू जौँ, गहुँ, बर्खे धान मात्र नभई तरकारी खेती तर्फ आकर्षित भएका छन्। अहिले व्यावसायिक तरकारी खेती तथा बेमौसमी खेती गर्न थालेपछि उत्पादन वृद्धि भएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

 

कुलो निर्माण समितिका अध्यक्ष हरिलाल थापा मगरले कुलो निर्माण पछि किसानलाई कृषि खेतीमा राहत भएको बताए उनले भने पहिले मकै खेतीपछि वर्षात्मै धान खेती गर्नुपर्ने बाध्यता थियो। अब भने धान, मकै, आलु, तरकारी खेती गरेर आम्दानीसमेत बढाउन सकिने अवस्था आएको छ।

Dadeldhura Hospital

यस वर्ष पनि सोही क्षेत्रमा ३५ लाख बजेटमा २,२०० मिटर लामो सिँचाइ कुलो निर्माण भइरहेको छ। यस बर्षका उपभोक्ता समितिका अध्यक्ष कमान सिंह थापामगरको नेतृत्वमा सञ्चालन भइरहेको यस कार्यले स्थानीयलाई रोजगारीसमेत प्रदान गरेको छ।

 

कुलो निर्माण समितिका अध्यक्ष थापाका अनुसार कुलो निर्माणले उत्पादन बढेकाले रोजगारीका लागि भारत तथा अन्य स्थानमा जानेहरूको संख्या घटेको बताए। गत वर्षको बजेटले कुलो निर्माण अपूरो रहेकाले यस पटक थप बजेटको माग गरिएको अध्यक्ष बुढामगरले बताए। कयौ वर्ष देखि सिचाइको अभाबमा तड्पिएका कृषकहरुमा ठुलो राहत हुने र कृषि क्षेत्रमा आत्मनिर्भर ल्याउने आशा गरिएको समेत बुढामगरले बताए ।

पहिले हातले खनेको कुलो बाढीले बगाउने, ठाउँठाउँमा भत्किने र पानी चुहिने समस्या रहेको स्थानीय हरिदत्त जोशी बताउँछन्। तर, अब पक्की कुलो बनेपछि किसानहरू सिँचाइ अभावको चिन्तामुक्त भएका छन्। कुलो निर्माण भएपछि धान रोपाइँ समयमा गर्न पाउनुका साथै उत्पादन वृद्धिले कृषकहरूको जीवनयापनमा सुधार आउने स्थानीयवासीको विश्वास छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.