टिपर दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

नवलपरासी : नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–३ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् ।

ना १ क ९१२९ नम्बरको टिपर दुर्घटना हुँदा चालक मकवानपुरको बागमती गाउँपालिका ६ फापरवारीका ३२ वर्षीय नरबहादुर बाइवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

पाल्पाबाट चुन ढुंगा लिएर नवलपुरको विनयी त्रिवेणी–१ होङसी सिमेन्टतर्फ आउँदै गरेको टिपर दुर्घटनामा परेको हो ।

दुर्घटना विनयी त्रिवेणी गाउँपालिका ३ का २४ वर्षीय सुनिल सार्की, २३ वर्षीय दीपक सुनार र पर्साको वीरगञ्ज उपमहानगरपालिका २७ का ३० वर्षीय ताज महमद हावारी घाइते भएका छन् ।

घाइते सबैको मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.