डडेल्धुराको आलितालमा महाशिवरात्रि अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा – हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि अवसरमा डडेल्धुराको आलितालमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

बहुकला सांस्कृतिक संरक्षण प्रतिष्ठानको आयोजनामा तथा सामाजिक विकास कार्यालय डडेल्धुराको आर्थिक सहयोगमा मेलामा विशेष सांस्कृतिक कार्यक्रम गरिनेछ। आयोजकका अनुसार उक्त कार्यक्रममा चर्चित कलाकार महेन्द्र पार्की, देउडा गायिका चम्फा बोहरा, तारा विष्ट लगायतका स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिनेछन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

महाशिवरात्रि पर्वलाई हिन्दू धर्ममा विशेष महत्वका साथ मनाइन्छ। यस दिन व्रत बस्ने, ऊँ नमः शिवायु मन्त्र जप्ने र भगवान शिवको पूजाअर्चना गर्ने परम्परा रहँदै आएको छ। धार्मिक विश्वास अनुसार, यस दिन उपवास गरी भक्तिपूर्वक शिवको आराधना गरेमा सर्वसिद्धि प्राप्त हुने र यमलोक जानु नपर्ने जनविश्वास छ।

Dadeldhura Hospital

शिवरात्रिलाई पर्वको राजा मानिन्छ, जसले भोग र मोक्ष दुवैको प्राप्ति गराउने धार्मिक धारणा रहेको छ। शिव उत्पत्ति भएको रातको स्मरण स्वरूप फागुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्रि मनाइने गरिन्छ।

यस अवसरमा देशभरका शिवालयहरूमा भक्तजनहरूको बिहानैदेखि भीड लाग्ने गर्छ। भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गर्ने, व्रत बस्ने तथा शिवलाई प्रिय दूध, धतुरो र बेलपत्र चढाउने परम्परा छ।

शिवरात्रिका विशेष अनुष्ठानहरूमा निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक तथा शिव महिमा कीर्तन रहेका छन्।

आलितालको वडा नं. ८ मा रहेको शिव मन्दिरमा दर्शन गर्नका लागि विभिन्न स्थानबाट सयौं भक्तजन आउने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.