लिटिल प्याराडाइज बोर्डिङ स्कुलको नवौँ वार्षिक उत्सव सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अलिताल, फागुन १४ – डडेल्धुरा जिल्ला अलिताल गाउँपालिका वडा नम्बर ८ गोदाममा रहेको श्री लिटिल प्याराडाइज बेसिक बोर्डिङ स्कुलको नवौँ वार्षिक उत्सव हिजो बुधबार एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि अलिताल गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष धनबहादुर देउवा रहनुभएको थियो। वार्षिक उत्सवको अवसरमा विभिन्न सदनगत प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, पी.टी. प्रदर्शन, तथा अन्य विविध गतिविधिहरू सम्पन्न भएका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

Dadeldhura Hospital

विद्यालयका सञ्चालक लालबहादुर डाला मगरका अनुसार, ९ वर्षअघि स्थापना भएको यस स्कुलमा हाल २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयले कक्षा ८ सम्मको पढाइ सञ्चालन गरिरहेको छ।

 

कार्यक्रममा विजेता विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।

त्यस्तै, अभिभावकहरूले विद्यालयलाई मिडियामैत्री बनाउनु पर्ने तथा डिजिटल युगसँग शिक्षण प्रक्रियालाई अनुकूल बनाउनुपर्ने सुझाव दिएका थिए। विद्यालयका कमजोरी सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा पनि उनीहरूले जोड दिए।

कार्यक्रममा विद्यालयको आय-व्यय प्रतिवेदन प्रस्तुत गरिनुका साथै विद्यालयको भावी योजनाहरूबारे जानकारी गराइएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक मोहन धामीले गर्नुभएको थियो।

कार्यक्रममा अभिभावक, पूर्व शिक्षक, समाजसेवी, राजनीतिक व्यक्तित्व तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.