डडेल्धुराको आलितालमा ४३औँ मगर दिवस विविध कार्यक्रमसहित मनाइयो(फोटोफिचर)

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, फागुन १५ – नेपाल मगर संघ जिल्ला कार्यसमिति डडेल्धुराको आयोजनामा आलिताल गाउँपालिका–८ स्थित घुम्ति खेल मैदानमा ४३औँ राष्ट्रिय मगर एकता दिवस भव्य रूपमा मनाइएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

देशभरका मगर समुदायले आज मगर एकता दिवस विविध कार्यक्रमसहित मनाएका छन्। मगर बाहुल्यता रहेका स्थानहरूमा सांस्कृतिक झाँकी, परम्परागत नृत्य तथा अन्य कार्यक्रमहरू आयोजना गरिएका थिए।

 

कार्यक्रममा आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, नेपाल मगर संघ केन्द्रीय सदस्य दीपक पुन मगर, संविधान सभा सदस्य हरिलाल थापा मगर, मगर केन्द्रीय अनुशासन आयोगका सदस्य रामचन्द्र पुन मगर, सुदूरपश्चिम मगर संघका सचिव पदम डाला मगर विशेष अतिथिका रूपमा सहभागी भए।

दिवसको अवसरमा मगर समुदायको सांस्कृतिक पहिचान झल्किने मारुनी नाच, कौडा, टप्पालगायतका प्रस्तुति प्रदर्शन गरियो। विदेशमा रहेका मगर संघ–संस्थाहरूले पनि विविध कार्यक्रमहरू आयोजना गरेका छन्।

Dadeldhura Hospital

आयोजकका अनुसार मगर समुदायको मौलिक संस्कृति, भाषा, रीतिरिवाज तथा ऐतिहासिक पक्षबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले यो दिवस महत्त्वपूर्ण मानिन्छ। सालैजो, झ्याउरे, कौडालगायत लोपोन्मुख लोकसंस्कृतिको जगेर्ना गर्न दिवसले टेवा पुर्‍याउने आयोजकको विश्वास छ।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट हुनुपर्ने सन्देशका साथ प्रत्येक वर्ष फागुन १५ गते मगर एकता दिवस मनाइँदै आएको छ। २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा नेपाल मगर संघ स्थापना भएको दिनको सम्झनामा मगर समुदायले यो दिवस विशेष रूपमा मनाउने गरेका छन्।

 

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.