काठमाडौं कपनबाट बाजुराका १५ वर्षीय बालक बेपत्ता

sc mahendra

काठमाडौं, कपन हरियो पुल नजिकबाट १५ वर्षीय निखिल बुडथापा बेपत्ता भएका छन्।

बाजुरा जिल्ला, हिमाली गाउँपालिका-५ निवासी बुडथापा हाल कपनस्थित गणेश बहादुर मल्लको घरमा बस्दै आएका थिए।

परिवारका अनुसार, उनी २०८१ साल फागुन १२ गते बिहान करिब ४:०० बजे घरबाट निस्किएका थिए, तर त्यसपछि उनी सम्पर्कविहीन छन्। खोजी गर्दा समेत अहिलेसम्म उनको कुनै जानकारी प्राप्त हुन सकेको छैन।

घरबेटीका अनुसार उनी घरबाट भागेको हुनसक्ने अनुमान गरिएको छ, तर परिवार तथा आफन्तहरूले उनी हराएको भन्दै खोजी कार्य अघि बढाइरहेका छन्।

यदि कसैले निखिल बुडथापालाई देख्नुभएको वा भेट्नुभएको छ भने निम्न नम्बरहरूमा सम्पर्क गरिदिनुहुन अनुरोध गरिन्छ:

सम्पर्क नम्बर:

📞 ९७६५२९१८९७

📞 ९८५७०४४४९२

परिवारजनले आमसञ्चार माध्यम, सामाजिक सञ्जाल तथा स्थानीय समुदायलाई सहयोग गरिदिन अपिल गरेका छन्।

 

You might also like
Leave A Reply

Your email address will not be published.