नेपाली कांग्रेस (विपी) डडेल्धुराको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा मंगलबार नेपाली कांग्रेस (विपी) को कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार कर्णबहादुर मल्लले वैकल्पिक राजनीतिक शक्तिहरूको उदय हुन नसक्दा ठूला दलहरूको मनपरितन्त्र मौलाएको बताए। संसदमा कांग्रेस र एमालेको नेतृत्वमा शक्तिशाली सरकार गठन भए पनि आम नागरिकको जीवनस्तरमा सुधार ल्याउन असफल रहेको उनको भनाइ थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनले भ्रष्टाचारको संरक्षण गर्न वर्तमान सरकार गठन भएको आरोप लगाउँदै लोकतान्त्रिक व्यवस्था मात्र नभई राष्ट्रिय स्वाधीनता र राष्ट्रियता समेत खतरामा परेको बताए। यस परिस्थितिमा हरेक नेपालीले एकताबद्ध भएर मुलुकको रक्षा गर्नुपर्ने आवश्यकता रहेको उनले जोड दिए।

Dadeldhura Hospital

कार्यक्रममा विपी कांग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद भट्टले पटक–पटक सत्तामा पुगेको कांग्रेसले डडेल्धुराबासीको जीवनस्तर सुधार गर्न नसकेको टिप्पणी गरे। त्यस्तै, विपी कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति करुणाकर भट्टले नेताहरूको दूरदर्शिताको अभावले सुदूरपश्चिम प्रदेश अझै अविकसित र अवसरविमुख रहेको बताए।

विपी कांग्रेस डडेल्धुराका सभापति भरत नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरूले विकास निर्माणका काम ठप्प रहेको तथा घूस नदिए कुनै पनि काम सम्भव नभएको गुनासो गरे। उनीहरूले सत्ता र शक्तिको आडमा अन्याय भइरहेको बताउँदै संगठन सुदृढ बनाएर अन्यायविरुद्ध संघर्ष गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा सहभागीहरूले संगठन विस्तार गर्दै राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्न तथा जननायक विपी कोइरालाको सिद्धान्तअनुसार समाजवादी व्यवस्था स्थापित गर्न विपी कांग्रेस सक्रिय हुनुपर्ने सुझाव दिएका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.